
खोटाङ, फागुन २९ । खोटाङ कोरोना भाइरस संक्रमणोन्मुख दिशामा पुगेको छ । शनिबारसम्म ७ जना सक्रिय संक्रमित रहेका जिल्लामा पछिल्लोपटक संक्रमण पुष्टि भई होम आइसोलनसमा रहेका ६ जना संक्रमित निको भएसँगै जिल्ला संक्रमणमुक्त हुने दिशामा पुगेको हो ।जिल्ला स्वास्थ्य कार्यालय खोटाङका अनुसार जिल्लामा अब एक जनामात्र सक्रिय संक्रमित छन् । संक्रमित ती व्यक्ति अहिले होम आइसोलेसनमा रहेका र उनको स्वास्थ्य अवस्था सामान्य रहेको कार्यालयका प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिनुभयो ।
