Tuesday, September 15News That Matters

सामाजिक सञ्जालबाट महिलाको चरित्र हत्या गरेको अभियोगमा खोटाङकी एक युवती पक्राउ

फाइल तस्वीर

खोटाङ, जेठ २७ – सामाजिक सञ्जालमा महिलाको तस्वीर दुरुपयोग गरी चरित्र हत्या गरेको अभियोगमा खोटाङकी एक युवती पक्राउ परेकी छन्। ऐँसेलुखर्क गाउँपालिका–१ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका–१६ बालाजु बस्दै आएकी २० वर्षीया भोजकुमारी दाहाल पक्राउ परेकी हुन्।

उनलाई बिहीबार विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेकी उनीमाथि काठमाडौँ जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।