Thursday, April 16News That Matters

खाल्लेका कृषकलाई तरकारी खेती सम्बन्धि ७ दिने तालिमसँगै टनेल प्रदान

तालिम समापन पश्चातको सामुहिक फोटो

खोटाङ, असार १६ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका कृषकहरुलाई तरकारी खेती सम्बन्धि तालिम प्रदान गरिएको छ । गरिबी निवारणका लागि लघु उद्यम कार्यक्रम (मेड्पा)ले प्रांगारिक मौसमी तथा बेमौसमी तरकारी खेती सम्बन्धि तालिम प्रदान गरेको हो ।

सात दिन सम्म सञ्चालन भएको तालिमको समापन आज भएको छ । मेयर तिर्थराज भट्टराई, वडाध्यक्ष खगेन्द्र राई लगायतको उपस्थितीमा कार्यक्रमको समापन गरिएको बताइएको छ । २२ जना कृषक सहभागि रहेको तालिममा तरकारीको बेर्ना उत्पादन गर्ने, टनेल निर्माण गर्ने, जैविक मल, जैविक बिषाधी बनाउने लगायतका कुराहरु फिल्डमै गएर सिकाइएकोे खाल्लेका अघुवा कृषक भिम श्रेष्ठले जानकारी दिनुभयो । तालिम प्राप्त गरेसँगै व्यवसायिक तरकारी खेती गर्नेहरुलाई सहज भएको उहाँको भनाइ छ ।

तालिमसँगै ११ जना कृषकलाई टनेल, सात किसिमको तरकारी बिउ, दुई किसिमको जैविक विषाधी पनि बितरण गरिएको छ । तीन वर्षसम्म सञ्चालन हुने यस कार्यक्रमले अन्य कृषकलाई आगामि वर्ष सोही किसिमका सामाग्रीहरु वितरण गर्दै जाने संस्थाले जनाएको छ ।