
खोटाङ, असार १६ । खोटाङमा ५ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा १६ वर्षिय बालक पक्राउ परेका छन् । बलात्कार आरोपमा केपिलासगढी गाउँपालिका–४ बाक्सीलाका १६ वर्षिय बालक पक्राउ परेका हुन् । उनि बालक नै रहेका कारण नाम प्रहरीले सार्वजनिक गरेको छैन् । उनले सोही गाउँकी ५ वर्षिया बालिकालाई बलात्कार गरेको आरोप छ ।
बालिका आफ्नै घरमा खेलिरहेको अवस्थामा ललाई फकाई गरी बाख्राको खोरमा लगेर मुख थुनेर जबरजस्तीकरणी गरिरहेको अवस्थामा बालिकाको आमाले देखेपछि बालक फरार भएका थिए । परिवारले प्रहरीलाई खबर गर्नसाथ खटिएको बाक्सीला प्रहरी टोलीले उनलाई केपिलासगढी गाउँपालिका–५ शप्तेश्वरबाट बिहिबार (आज) बिहान २ बजे राती पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
पक्राउ परेका बालकलाई जबरजस्तीकरणी कसुरमा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी प्रहरी कार्यालयको निगरानी कक्षामा राखेर थप अनुसन्धान भइरहेको सूचना अधिकारी एवं प्रहरी निरीक्षक रोमन राज अर्यालले बताउनुभयो ।
