Sunday, May 31News That Matters

स्वर्गीय गायक जनम थुलुङ स्मृति ग्रन्थ प्रकाशन हुने

स्व. गायक जनम

खोटाङ, साउन २६ । स्वर्गीय गायक जनम थुलुङ स्मृति ग्रन्थ प्रकाशन हुने भएको छ । गायक जनमसँग सम्बन्धित लेख रचना समेटेर जनम थुलुङ प्रतिष्ठानले स्मृति प्रकाशन गर्न लागेको जनाएको छ ।

भावी पुस्ताका निम्ति स्व. गायक थुलुङले नेपाली सांगीतिक क्षेत्रमा पु¥याएको योगदानलाई दस्तावेजीकरण गर्न लागिएको प्रतिष्ठानले जनाएको छ । तसर्थ उक्त स्मृति ग्रन्थमा प्रकाशन गर्नका लागि गायक थुलुङसँगको सम्बन्ध, अविस्मरणीय पल, थुलुङको व्यक्तित्व, किराती समुदायको भाषिक तथा सांस्कृतिक क्षेत्रमा उहाँको योगदान लगायतका विषयमा लेख, रचना, गीत, कविता, संस्मरण, तस्विर एवं प्रकाशनयोग्य अन्य सामाग्री पठाउन प्रतिष्ठानले अनुरोध गरेको छ । लेख रचना भाद्र १५ गतेसम्म rai2049jasihav@gmail.com, janamthulungmemorialfoundation@gmail.com मा मेल गर्न सकिने छ ।

खोटाङको ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरीमा जन्मिएका गायक थुलुङको ३३ वर्षको उमेरमा वि.स. २०७८ जेठ १४ गते कोरोना संक्रमणका कारण मृत्यु भएको हो । खुवालुङ खुल खुल, मरे कटुन्जे, रोक्नी वो च्योमिम्, झापा कोङ्ङ्गा डुमु बासी, बकि बकि स्यो, हाम बोमु झाम गुई लगायतका गीतहरु स्व. गायक जनमका चर्चित छन् ।