Thursday, April 16News That Matters

विजयखर्कको मालामा शाखा वडा कार्यालय स्थापना


खोटाङ, भदौ १ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कको मालामा शाखा वडा कार्यालय स्थापन भएको छ । वियजखर्क वडाले साविकका वडाहरु १ र २ का नागरिकलाई सहजताका लागि मालामा शाखा वडा कार्यालय स्थापना गरिएको वडाध्यक्ष राम बहादुर कटुवालले जानकारी दिनुभयो ।

उक्त क्षेत्रका नागरिकलाई वडा कार्यालय बसेरीसम्म आउन डेड देखि २ घण्टासम्म समय लाग्छ । जसकारण साविकका दुई वडालाई समेट्ने गरी पञ्चकन्य माध्यमिक विद्यालयको खाली भवनबाट महिनाको ५ दिन सेवा प्रवाह गर्ने व्यवस्था मिलाएको वडाध्यक्ष कटुवालले बताउनुभयो । प्रत्येक महिनाको १ गते र प्रत्येक सोमबार उक्त ठाउँबाट वडाले दिने सबै सेवा प्रदान गरिने उहाँको भनाइ छ ।

‘विजयखर्कको सबै भन्दा धेरै जनसंख्या भएको साविक १ र २ नम्बर वडा हो, तर उनिहरुलाई नै वडा कार्यालय आउन सबै भन्दा टाढा छ । त्यहाँका जनताको अत्याधिक माग र आवश्यकतालाई मध्यनजर गर्दै हामीले सोही ठाउँबाट महिनाको ५ दिन वडाको सेवा प्रदान गर्ने व्यवस्था मिलाएका छौँ । आज १ गतेबाट सेवा प्रदान गर्न थालिसकेका छौँ ।’ वडाध्यक्ष कटुवालले भन्नुभयो ।