Wednesday, April 15News That Matters

हलेसीकी डेनिका विश्व च्याम्पियनसिप खेल्न थाइल्यान्ड जाँदै, नगरले गर्यो आर्थीक सहयोग


खोटाङ, कात्तिक २९ । विश्व मुवाँथाई च्याम्पियनसिपको १७औं संस्करणमा प्रतिस्पर्धा गर्न दुई नेपाली खेलाडी थाइल्यान्ड जाने भएका छन् ।
पटायामा नोभेम्बर १५ देखि नोभेम्बर २२ सम्म हुने प्रतियोगिताका लागि गुणराज रुचाल र डेनिका राई थाइल्यान्ड जाने भएका हुन् । गुणराजले पुरुष ५७ केजी तौल समूह र डेनिका राईले महिला ४८ केजीमा प्रतिस्पर्धा गर्ने बताइएको छ ।

डेनिका खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङकी हुन् । विश्व मुवाँथाई च्याम्पियनसिप खेल्न बिदेश जानेभएपछि नगरपालिकाले उनलाई आर्थीक सहयोग गरेको छ । च्याम्पियनसिप खेल्न जान आर्थीक अभाव भएपछि उनका बुवा एकप्रसाद राईले नगरपालिकामा आर्थीक सहयोगको लागि निवेदन दिएका थिए । सोही अनुसार नगरपालिकाले रु १ लाख सहयोग गरेको मेयर विमला राई बताउनुभयो ।

थाइल्यान्ड जाने नेपाली टिमलाई नेपाल मुवाँथाई संघका अध्यक्ष गणेशलाल कक्षपतीले शुभकामनासहित बिदाइ गरेका छन् ।