Thursday, April 16News That Matters

खोटाङ : निर्वाचनको तयारी पुरा (फोटो फिचर)

सोल्मास्थित हिमालय माध्यमिक विद्यालयमा निर्माण भएको मतदानस्थल

खोटाङ, मंसिर ३ । मंसिर ४ (भोली) हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावको खोटाङमा तयारी पुरा भएको छ । भोली हुने निर्वाचनका लागि मतदान स्थल निर्माणसँगै अन्य तयारी पुरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत रामाकान्त यादवले बताउनुभयो । मतदान स्थलसँगै मतगणना स्थल पनि निर्माण भइसकेको उहाँको भनाइ छ ।

बाम्राङस्थित सावित्रा माध्यमिक विद्यालयमा निर्माण भएको मतदानस्थल

खोटाङमा निर्वाचनकालागि १५ सय ५८ कर्मचारी र करीब १८ सय सुरक्षाकर्मी मतदान स्थलमा खटिएका छन् । जिल्लामा १३६ मतदान स्थल, १९४ मतदान केन्द्र र दुई वटा अस्थायी मतदान केन्द्र तोकिएका छन् । यस निर्वाचनमा एक लाख ४२ हजार ७९२ मतदाताले मताधिकार उपयोग गर्ने निर्वाचन कार्यालयले जनाएको छ ।

 

दिक्तेलस्थित सरस्वती माध्यमिक विद्यालयमा निर्माण भएको मतदानस्थल