Wednesday, April 15News That Matters

ब्रोइलर कुखुरा अभाव हुँदा दिक्तेलका मासु पसल बन्द

खोटाङको सदरमुकाम दिक्तेलमा ब्रोईलर कुखुराको अभाव भएको छ । जिल्लामा सञ्चालित ब्रोईलर फमहरुमा खान योग्य ब्रोईलर नभएपछि मासु पसल नै बन्द भएका छन ।

कोरोना भाईरसको दोस्रो लहर सुरु भएसँगै सदरमुकाम सुनसान बनपछि कुखुरा बिक्री नहुने डरले नयाँ चल्ला नलगाएको फम सञ्चालकहरु बताउँछन । पछिल्लो समय निशेधाग्य केहि खुकुलो बनाएपछि सदरमुकाममा मानिसहरुको चहलपहल बढेको छ । तर ब्रोईलर कुखुराको अभाव भएको कारण मासु लिन आएका ग्राहकहरुलाई करीब ४ दिन यता रित्तो हात फर्काउन परेको बस्नेत फ्रेस हाउसका सञ्चालक बिशाल राउत बताउँनु हुन्छ ।

राउतको भनाई अनुसार सदरमुकाममा सञ्चालीत फमहरुमा ब्रोइलर अभाव हुँदा मासु पसल बन्द भएका हुन । हावापानी नमिलेर बाटामै कुखुरा अत्याधिक मर्ने गरेको कारण हाल तराईबाट ब्रोईलर ल्याउन छाडेको उहाँको भनाई छ । कोरोना भाईरस रोकथाम एवं नियन्त्रणको लागि जिल्लाका स्थानीय तहहरुले गरेको कडाई र बाहिरी जिल्लामा भएको निषेधाग्यले गर्दा चल्लासँगै चारो ल्याउँन समस्या भएको जिल्लामा सञ्चालित सनुस्का पोल्ट्रि फमका सञ्चालक ओम प्रकाश केसी बताउँनु हुन्छ । पछिल्लो समय निषेधाग्य खुकुलो भएपनि पहिरोको कारण सडक अबरुद्ध हुँदा चल्ला बाटोमै मरेकाले यस्तो समस्या भएको उहाँको भनाई छ ।

ब्रोईलर कुखुराको अभाव भएपनि दिक्तेल स्थीत हाडडाँडामा हप्ताको दुई दिन बुधबार र शनिबार लाग्ने हाटमा राँगा र सुँगुरको मासु पाईने गरेको थियो । हाल कोभिडको कारण बजार बन्द हुँदा सदरमुकाममा मासुको पुरै अभाव भएको अध्यानको सिलसिलामा सदरमुकाम बस्दै आउँनु भएका रावाबेसी गाउँपालिका १ कुभिण्डेका कृष्ण गिरी बताउँनु हुन्छ ।