Wednesday, April 15News That Matters

कुभिण्डेमा पहिरोको कारण विद्युतको पोल उच्च जोखिममा, मानवीय क्षतीको संभावना

 

खोटाङ साउन २० : खोटाङको रावाबेसी गाउँपालिका १ कुभिण्डेमा पहिरोको कारण बिद्युतको पोल उच्च जोखिममा रहेको छ । साउन १३ गते राती गएको पहिरोको कारण निगाले स्थीत विद्युतको दुई वटा जोडि पोल जोखिममा परेको हो ।

जुन सुकै समयमा पोल ढलेर मानवीय क्षती गर्न सक्ने भएको हुँदा तत्काल पोल सार्र्न नेपाल विद्युत प्राधिकरण शाखा कार्यलय दिक्तेललाई पत्र पठाएको रावाबेसी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेख बहादुर थापाले बताउँनु भयो । तर पत्र पठाएको ६ दिन बितिसक्दा पनि प्राधिकरणले कुनै चासो नदेखाएको उहाँको भनाई छ ।

यता नेपाल विद्युध प्राधिकरण शाखा कार्यलय दिक्तेलका कार्यलय प्रमुख ललित नारायण चौधरीले भने पत्र प्राप्त गरेपछि उक्त क्षेत्रमा कर्मचारी खटाएको बताउँनु भएको छ । कर्मचारीले स्थलगत अनुगमन गरेर रिपोर्ट बुझाएपछि कार्य अगाडि बढाउँने उहाँको भनाई छ ।

जोखिममा रहेको विद्युतको पोल ढलेमा रावाबेसी गाउँपालिकाको वडा नम्बर १ कुभिण्डे, वडा नम्बर ४ डुमे्रधारापानी र वडा नम्बर ५ दुबेकोलसँगै छिमेकी गाउँपालिका ऐसेलुखर्कका केहि वडा अन्धकारमा हुनेछन । पोल भन्दा मुनी सडक र पोल वरीपरी घरहरु रहेका छन । आफुहरुको ज्यान जोखिममा रहेको हुँदा सम्बन्धित निकायको चाडै पोल सार्नु पर्ने स्थानीय नागरिकको भनाई छ ।