
खोटाङको केपिलासगढी गाउँपालिकाको प्रशासनिक भवन निर्माणको कार्य अन्तीम चरणमा पुगेको छ । प्लम्बिङ र कार्यकक्ष ब्यवस्थापनको काम मात्र बाकी रहेको गाउँपालिकाले जनाएको छ ।

बहुबर्षिय योजनाको रुपमा आर्थीक बर्ष २०७५\०७६ बाट सुरु भएको भवन निर्माणको कार्य अबको २ महिना भित्र सम्पन्न गर्ने लक्ष्य रहेको गाउँपालिकाका प्रशासन प्रमुख सौ धन राई (युनिक साम्पाङ) ले बताउँनु भयो । गाउँपालिकाको २ करोड २२ लाख रकममा निर्माण भईरहेको भवन ३ तला १६ कोठाको रहेको छ ।

हाल साविको बाक्सिला गाउँ विकास समितीको भवनबाट गाउँपालिकाको सेवा सञ्चालन भईरहेको छ । कार्यकक्ष अभावको कारण एउटै कोठाबाट ३ वटा शाखा सञ्चालन गर्नु पर्ने बाध्यता रहेको प्रमुख राईले बताउँनु भयो । तर अबको दुई महिनामा उक्त समस्याको समधान गर्दै गाउँपालिकाले आफ्नै पक्की भवनबाट सेवा दिने उहाँको भनाई छ ।

हाल गाउँपालिकाको सेवा सञ्चालन भईरहेको भवन

