
खोटाङकी चेली एलिना उदासको नयाँ गीत सार्वजनिक भएको छ । शिशिर भण्डारी इन्टरटेनमेण्ट युटुव च्यानल बाट शनिबार (आज) “भैगो माया लाउदिन” बोलको नयाँ गीत सार्वजनिक भएको हो ।
शिशिर भण्डारीको शब्द संगितमा तयार भएको गीतमा खोटाङकी नव गायिका उदाससँगै स्वयं भण्डारीको आवाज रहेको छ । कुशल सिंहको संगित संयोजन रहेको “भैगो माया लाउदिन” गीतको भिडियोमा शिशिर भण्डारीसँगै टिकटक भिडियोमा चर्चित जोडि बिना राउत र सरोज प्रजा लगाएतका कलाकारको अभिनय देख्न सकिन्छ ।
नव गायिका उदास भोईस अफ नेपाल सिजन ३ को ब्याटल राउण्ड सम्म पुग्न सफल भएकी थिईन ।
