Wednesday, April 15News That Matters

भदौ १ गतेबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा लकडाउन हुँदै

खोटाङको दिक्तेल रुपोकोट मझुवागढी नगरपालिकामा लकडाउन गरिने भएको छ । नगरपालिकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि रोकथाम र नियन्त्रणको लागि लकडाउन गर्न लागिएको नगरपालिकाले जनाएको छ ।

नगर प्रमुख दिप नारायण रिजालको अध्यक्षतामा राजनीतिक दल, सुरक्षा निकाय, उद्योग ब्यबसायी, यातायात ब्यबसायी, होटल ब्यबसायी लगायतको बुधबार बसेको बैठकले नगरपालिकामा लकडाउन गर्ने निर्णय गरेको हो । बैठकको निर्णय अनुसार कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भदौ १ गते बाट १० गते सम्म लकडाउन हुने नगर प्रमुख रिजालले जानकारी दिनुभयो ।

लकडाउनको समयमा आवश्यक पर्ने खाद्यान्न, तरकारी, औषधि, ग्याँस लगायतका अन्य सामग्रीको ब्यबस्था मिलाउन नगरबासीलाई नगरले आग्रह समेत गरेको छ ।

नगरपालिकामा हाल १ सय ५६ जना सक्रिय संक्रमित रहेका छन । संक्रिय संक्रमित मध्ये ३ जनाको अस्पतालमा उपचार भईरहेको नगरपालिकाका स्वास्थ्य शाखाका कर्मचारी (अ.ए.व) सन्जिब दाहालले बताउँनु भयो । यस्तै बाकी १ स ५३ जना होम आईशोलेशनमा रहेका छन । हाल सम्म नगरपालिकामा पिसिआरबाट २ सय ३३ र एन्टिजेनबाट ४ हजार ७ सय ५ जनाको को कोरोना परिक्षण गर्दा १ हजार २ सय ८ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै १ हजार २१ जनाले कोरोना जितिसकेका छन भने ७ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।