
भाद्र ४ खोटाङ : खोटाङमा जिल्ला प्रशासन कार्यलयले अवैध हातहतियार संकलन अभियान सुरु गरेको छ । जस अन्तरगत स्थानीयले शुक्रबार १७ नाल भरुवा बन्दुक बुझाएका छन ।
२ नगरपालिका र ८ गाउँपालिका रहेको जिल्लाको सबै स्थानीयतहमा अभियान सुरु गरिएको जिल्ला प्रशासन कार्यलय खोटाङले जनाएको छ । अभियानको सुरुवातमा जिल्लाको ऐसेलुखर्क गाउँपालिका ४ जलेश्वरीका स्थानीयले ७ नाल सावुद र १० नाल बेसावुद बन्दुक बुझाएका हुन् । स्थानीयले बोलाएपछि प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा स्वयं उपस्थीत भएर बन्दुक बुझ्नु भएको हो । बिहिबार प्राप्त बन्दुक शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ ।
जिल्लामा हुने वन्यजन्तु चोरी शिकारी एवं अपराधिक क्रियाकलाप नियन्त्रणका लागि सुरु गरिएको हातहतियार संकलन अभियानलाई तिव्रता दिईने प्रमुख जिल्ला अधिकारी शर्माले बताउँनु भयो ।
