Wednesday, April 15News That Matters

खोटाङमा दुई ब्यक्ति पक्राउ

खोटाङ भदौ ६ : खोटाङमा दुई ब्यत्तिलाई प्रहरीले पक्राउ गरेको छ । १५ केजी गाँजा सहित ५७ वर्षीय मगम राईलाइ र भरुवा बन्दुक सहित ३७ वर्षीय खगेन्द्र राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय खोटाङले जनाएको छ ।

हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका मगम राईको घरमा लागू औषध गाँजा लुकाएर राखेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले खान तलासी गर्दा १५ केजी गाँजा बरामद गरेको थियो । लागू औषध गाँजा सहित राईलाई शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरिक्षक सागर शाहले जानकारी दिनुभयो ।


यस्तै, हलेसी तुवाचुङ नगरपालिका–७ ऐसेलुखर्कका खगेन्द्र राईको घरमा अवैध हातहतियार लुगाएर राखेको गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले १ नाल भरुवा बन्दुध सहित राईलाई पनि शनिबारनै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुई जनालार्ई हिरासतमा राखेर अनुसन्धान थालिएको प्रहरीको भनाई छ ।