
दिप्रुुङ चुईचुम्मा गाउँपालिकाको प्रशासकीय भवन निर्माणको काम ६० प्रतिशत सम्पन्न भएको छ । ९ महिनामा निर्माण सम्पन्न गर्ने गरी बि.स २०७७ असार मसान्तमा रबिना अभिसा जेभि कोटेश्वर काठमाण्डौ निर्माण कम्पनीले निर्माणको जिम्मा पाएको थियो । तर सम्झौता अवधिमा निर्माण सम्पन्न नभएपछि ६ महिनाको म्याद थपिएको गाउँपालिकाले जनाएको छ ।
हाल भवन निर्माणको काम तिव्र गतिमा भईरहेको भएपनि थपिएको म्याद भदौ १५ गते सकिदैछ । तर निर्माणको काम ६० प्रतिशत मात्र पुरा भएको गाउँपालिकाका सूचना प्रबिधि अधीकृत इद्र मणीचद्र राइले बताउनुुुुुुुुु भयो । सम्झौताको समयमा सुनकोसी नदिमा बेलिबृज नहुँदा सामान ल्याउन समस्या भएको कारण भवन निर्माणमा ढिला भएको निर्माण कम्पनीले जनाएको छ । अबको ६ महिना भित्रमा भवन फिनिसिङ गरिसक्ने उसको भनाई छ ।
लिफ्ट सहितको अपांग मैत्रि ३३ कोठाको साडै ४ तले सुबिधा सम्पन्न भवन निर्माणको लागि ४० प्रतीशत गाउँपालिकाको र ६० प्रतीशत स्थानीय पुुुुुुुुुुर्वधार बिभाग डोलीको ३ करोड ६४ लाख ६१ हजार ८ सय बजेट बिनियोजन भएको हो ।
हाल गाउँपालिका १० कोठाको आफ्नै भवनमा सञ्चालन भईरहेको छ ।

