Thursday, April 16News That Matters

ऐसेलुखर्क गाउँपालिकाको प्रशासकीय भवन निर्माणको काम दुई बर्षमा २५ प्रतिशत


खोटाङको ऐसेलुखर्क गाउपालिकाको प्रशासकीय भवन निर्माण सुरु भएको २ वर्षमा २५ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । डेढ बर्षमा निर्माण सम्पन्न गर्ने गरी बि.स. २०७६ बैशाखमा सम्झौता भएपनि हाल सम्म २५ प्रतिशत मात्र निर्माण सम्पन्न भएको गाउँपालिकाका प्राबिधिक बाबुराम राउतले जानकारी दिनुभयो ।

ट्रष्ट सहितको १६ कोठे २ तले आरसिसि भवन निर्माणको लागि आर्थीक बर्ष २०७५÷०७६ मा गाउँपालिकाले ३ करोड ६० लाख बजेट बिनियोजन गरेको थियो । २०७५ फागुनमा गाउँपालिकाले टेन्डर आह्वान गरेपछि रुजन जगदम्बा भुवनेश्वरी एण्ड भैबब जे.भि. निर्माण कम्पनीले निर्माणको जिम्मा पाएको हो । तर ठेकेदार कम्पनीको ढिलासुस्तीको कारण भवन निर्माणको काम समयमै सम्पन्न हुन नसकेको स्थानीयले बताएका छन ।

चाडै निर्माण सम्पन्न गर्नको लागि निर्माण कम्पनीलाई ताकेता गरिरहेपनि कोभिड १९ को कारण निर्माण सम्पन्न हुन नसकेको गाउँपालिकाका अध्यक्ष बिश्वनाथ निरौलाले बताउँनु भयो ।

यता मासिक ५३ हजार भाडा तिरेर ब्यत्तिको घरमा गाउँपालिकाको कार्यलय सञ्चालन भईरहेको छ ।