
खोटाङमा कोरोना संक्रमित हुने भन्दा कोरोनाबाट निको हुनेको सङख्या लगातार बढेको छ । जिल्लामा एन्टीजेन परिक्षणलाई निरन्तरता दिदै आएपनि नयाँ संक्रमित थपिने भन्दा कोरोनालाई परास्त गर्नेको सङख्या धेरै रहेको जिल्ला स्वास्थ्य कार्यलय खोटाङले जनाएको छ ।
भदौ १ गते सम्म संक्रमण मुक्त हुने र नयाँ संक्रमित थपिनेको सङख्या तलमाथी हुँदै आएको थियो । तर भदौ २ गतेबाट संक्रमण मुक्त हुनेको सङख्या लगातार धेरै रहेको जिल्ला स्वास्थ्य कार्यलय खोटाङकोको तथ्याङकमा उल्लेख छ । भदौ २ गते ९५ जनाको एन्टीजेन परिक्षण गर्दा २५ जनामा संक्रमण पुष्टि भएकोे थियो । यो परिक्षण गरिएका मध्ये २६ दशमलब ३२ प्रतिशसतमा संक्रमण पुष्टी भएको हो । सोहि दिन संक्रमण मुक्त हुनेको सङख्या ४८ रहेको थियो । यस्तै आज ३३ जनामा परिक्षण गरिदा ७ जना नयाँ संक्रमित थपिएका छन भने २१ जना संक्रमण मुक्त भएका छन । आज परिक्षण गरिएको मध्ये २१ दशमलब २१ प्रतिशतमा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुने भन्दा मुक्त हुनेको सङख्या लगातार बृद्धि भएसँगै परिक्षण गरिएका मध्ये तुलानात्मक रुपमा कम प्रतिशतमा कोरोना पुष्टि हुन थालेको तथ्याङकले देखाउँछ ।
जिल्लामा हाल सम्म २ हजार ८ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २ हजार ६ सय ६० जना कोरोना संक्रमण मुक्त हुँदा १ सय ८७ जना सक्रिय संक्रमित रहेका छन । जस मध्ये १० जना स्वास्थ्य संस्थामा उपचाररत छन भने बाकी १ सय ७७ जना होम आईसुलेशनमा रहेका छन ।
यस्तै जिल्लामा अहिले सम्म कोरोना संक्रमणको कारण १२ जनाको ज्यान गएको छ ।
