Thursday, April 16News That Matters

रावाबेसीमा राधाकृष्ण मन्दिरको शिलान्यास


रावाबेसी गाउँपालिका ६ हौँचुरमा राधाकृष्ण मन्दिरको शिलान्यास गरिएको छ । आज सोमबार श्रीकृष्ण जन्मअष्टमिको अबसरमा गाउँपालिकाका अध्यक्ष लिलानाथ निरौलाले मन्दिरको शिलान्यास गर्नु भएको स्थानीय प्रेम श्रेष्ठले जानकारी दिनुभयो ।

शिलान्यास कार्यक्रममा सोहि वडाका वडाध्यक्ष यज्ञनारायण श्रेष्ठ, नेकपा एमालेका प्रदेश कमिटि सदस्य हरी पोखरेल, जिल्ला कमिटी सदस्य दिपक ठटाल लगाएतको उपस्थित रहेको थियो । मन्दीर निर्माणको लागि स्थानीय रघुबिर नेपालले ४ आना जग्गा निशुल्क प्रदान गर्नु भएको श्रेष्ठले बताउँनु भयो ।