
हलेसी तुवाचुङ नगरपालिकामा नेपाल शिक्षक संघको नगर स्तरीय कार्यलय स्थापना गरिएको छ । आज सोमबार एक कार्यक्रमका बिच नगरपालिकाका मेयर इवन राईले कार्यलयको उद्धघाटन गर्नु भएको शिक्षक संघ नगर कमिटीका अर्थसचिब यकराज बुढाथोकिले जानकारी दिनुभयो ।
अर्थसचिव बुढाथोकीका अनुसार नगरपालिकाको वडा नम्बर ५ दुर्छिम स्थीत जितमान राउतको घरको एउटा कोठा भाडामा लिएर कार्यलय स्थापनासँगै उद्धघाटन गरिएको हो । कार्यक्रममा नगरपालिकाको उपमेयर बिमला राई, नेपाली कांग्रेसका जिल्ला कार्य समिती सदस्य चक्र कुमार राई, नगरपालिकाका भित्रका करीब ५० जना शिक्षक लगाएतकोे उपस्थित रहेको उहाँले बताउँनु भयो ।

