Thursday, April 16News That Matters

जन्तेढुंगा गाउँपालिका क्षेत्रमा १५ दिन यता नेपाल टेलिकमको नेटवर्क अवरुद्ध

खोटाङको जन्तेढुंगा गाउँपालिका क्षेत्रमा नेपाल टेलिकमको नेटवर्कमा समस्या भएको स्थानीयले गुनासो गरेका छन । करीब १५ दिन अगाडि देखि नेटवर्कमा समस्या आउँदा फोनमा दोहोरो कुराकानी हुन नसकेको उनिहरुको दुखेसो छ ।

हतपत फोन नलाग्ने यदि लागिहाले पनि आवाज नबुझीने भएको कारण १५ दिन देखि कसैसँग सम्पर्क हुन नसकेको जन्तेढुंगा गाउँपालिका चिसापानीका टिका रेक्मी र खेम श्रेष्ठले बताउँनु भयो । यस्तै नेटवर्कमा समस्या हुँदा अनलाई कक्षा समेत प्रभाबित बनेको शिक्षक कपिल शर्माको भनाई छ ।

नेपाल टेलीकम शाखा कार्यलय दिक्तेललाई समस्या सुनाउँदा ट्रान्सफर्ममा समस्या आएकाले केहि दिनमा समाधान गर्ने बताएपनि समाधान नभएको जन्तेढुंगा गाउँपालिकाका अध्यक्ष शंखर बहादुर राईले बताउँनु भयो । खोटाङ, सोलुखुम्बु र ओखलढुंगा हेर्दै आएको नेपाल टेलीकम शाखा कार्यलय ओखलढुंगाका प्रमुख दिनेश चन्द्र पन्थी ले नयाँ ट्रान्सफर्म हुँदा पनि समस्या आएको कारण टेलीकमको कार्यलय बिराटनगरमा पत्र पठाएको र चाडै समस्याको समाधान गर्ने तर्फ आफुहरु लाग्ने बताउँनु भएको छ ।