Thursday, April 16News That Matters

खोटाङमा एक युवाले गरे आत्महत्या

खोटाङ भदौ १४ : खोटाङमा एक युवाले आत्महत्या गरेका छन । जिल्लाको रावाबेसी गाउँपालिका ६ हौँचुर गिद्धे स्थीत ३२ बर्षिय अर्जुन परियारले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यलय खोटाङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यलय खोटाङका प्रवक्ता एवं प्रहरी निरिक्षक सागर शाहका अनुसार हिजो करीब साडे ७ बजेको समयमा उनले आफ्नै घरको धुरीको बलोमा तारको पासो लगाएर आत्महत्या गरेका हुन । घटनाको अनुसन्धानको लागि ऐसेलुखर्क इलाका प्रहरी कार्यलयबाट इन्सपेक्टरको टोली खटिएर थप अनुसन्धान भईरहेको उहाँले बताउँनु भयो ।

मृतक परियारको श्रीमती र २ छोरी रहेको बताईएको छ ।