
खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले अनलाई कक्षा सुरु गरेको छ । कोरोना संक्रमणको कारण भौतिक उपस्थितमा पठनपाठन गर्न नसकिने भएको हुँदा बिद्यार्थीको भविष्यलाई मध्यनजर गर्दै अनलाईन कक्षा सुरु गरिएको नगरपालिकाले जनाएको छ ।
१२ वटा माध्यमिक र ७७ वटा आधाभुत गरी ८९ वटा बिद्यालय रहेको नगरपालिकामा हाल दुर्छिम, महेन्द्रद्धोय र सरस्वती माध्यमिक बिद्यालयबाट अनलाईन कक्षा सुरु गरिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख पदम कार्कीले जानकारी दिनुभयो । अन्य ९ वटा माध्यमिक बिद्यालयबाट पनि यहि हप्ता भित्रमा अनलाईन कक्षा सुरु गर्ने उहाँको भनाई छ ।
नगरपालिका भित्रका माध्यमिक बिद्यालयमा अनलाईन कक्षा सञ्चालन हुने र उक्त वडाका सबै बिद्यार्थीले सोहि बिद्यालयको जुममा जोडिने ब्यवस्था मिलाएको उहाँले बताउँनु भयो । यस्तै अन्य आधारभुत बिद्यालयका शिक्षकहरुले गाउँका बिद्यार्थीलाई अनलाईन कक्षामा जोड्नको लागि आवश्यक सहयोगसँगै निरिक्षण गर्ने ब्यवस्था रहेको छ
सोहि सिलसिलामा नगरपालिकाले कक्षा ४ देखि १२ सम्मका बिद्यार्थी र शिक्षकलाई निशुल्क सियुजी सिमकार्ड पनि बितरण गरिरहेको छ । हाल सम्म ४ हजार ७ सय ११ जनालाई सिमकार्ड बितरण गरिएको उहाँको भनाई छ ।
यो बर्ष भित्र नगरपालिकाका सबै बिद्यालयमा ईन्टरनेट
हलेसी तुवाचुङ नगरपालिकाले नगर भित्रका बिद्यालयलाई पेपर पेन्सील लेस बनाउँदै प्रबिधिसँग जोड्नको लागि सबै बिद्यालयमा ईन्टरनेट जडान गर्ने नगरपालिकाले जनाएको छ । माध्यमिक बिद्यालयमा इन्टरनेट जडान गरिसकेको नगरपालिकाले यहि बर्ष भित्र आधारभुत बिद्यालयमा पनि इन्टरनेट जडान गर्ने मेयर इवन राईले बताउँनु भयो । जसको लागि चालु आर्थीक बर्ष २०७८÷०७९ मा नगरपालिकाले आवश्यक बजेट पनि बिनियोजन गरिसकेको मेयर राईको भनाई छ ।
