Thursday, April 16News That Matters

कोरोना भाईरस संक्रमणका कारण खोटाङमा एक बालीकाको ज्यान गयो

खोटाङ भदौ १७ : खोटाङमा थप एक जनाको कोरोना भाईरस संक्रमणको कारण ज्यान गएको छ । जिल्लाको रावाबेसी गाउँपालिका २ खार्पामा हिजो बुधबार साँझ २० महिनाको बालिकाको ज्यान गएको स्वास्थ्य चौकि खार्पाले जनाएको छ ।

४ दिन अगाडि मृतक बालीकाको बावु आमामा कोरोना संक्रमण पुष्टि भएको थियो । हिजो बालीकाको मृत्यु भए पश्चात कोरोना परिक्षण गर्दा पोजेटिभ देखिएको स्वास्थ्य चौकी खार्पाका प्रमुख अमिर बिश्वकर्माले जानकारी दिनुभयो ।

यो सहित जिल्लामा कोरोना संक्रमणको कारण ज्यान गुमाउँनेको सङ्ख्या १३ पुगेको छ ।