
खोटाङ भदौ २१ गते : खोटाङको बराहपोखरी गाउँपालिकाले बिद्यार्थीको भौतिक उपस्थितीमा बिद्यालय सञ्चालन गर्ने भएको छ । आज सोमबार बसेको गाउँ शिक्षा समितिको बैठकले कोरोना भाईरसको कारण लामो समय बन्द रहेको बिद्यालय भदौ २७ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।
अहिले बराहपोखरी गाउँपालिकामा कोरोना भाईरसको सक्रिय संक्रमित सङ्ख्या शुन्य रहेको छ । यस्तै संक्रमणबाट बच्न आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्दै गाउँपालिकाले बिद्यालयमा पठनपाठन सुरु गर्न लागेको गाउँपालिकाले सूचना मार्फत जानकारी दिएको छ ।
जिल्लाको खोटेहाङ गाउँपालिकाले पठनपाठन सुरु गरिसकेको छ भने जन्तेढुंगा गाउँपालिकाले पनि भदौ २७ गतेबाट बिद्यालय सञ्चालन गर्ने तयारी गरेको छ ।
