
खोटाङमा अबैध हातहतियार सहित दुई ब्यक्ति पक्राउ परेका छन । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका १० अर्खौलेका ४९ बर्षिय दिलसेर राई र सोहि ठाउँका ५५ बर्षिय खडग सिंह राईलाई १÷१ नाल भरुवा बन्दुक सहित शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी खोटाङले जनाएको छ ।
घरमा अबैध हातहतियार लुकाई छिपाई राखेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यलय खोटाङबाट खटिएको प्रहरी निरिक्षकको टोलीले निजहरुको घर र गोठबाट भरुवा बन्दुक सहित उनिहरुलाई कानुन बमोजिम पक्राउ गरिएको जिल्ला प्रहरी खोटाङले जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यलयको हिरासतमा राखेर थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।
