Thursday, April 16News That Matters

दिक्तेलमा नेकपा एकीकृत समाजवादी पार्टीको कार्यलय स्थापना, समानान्तर कमिटी समाहित

मादव नेपालको नेतृत्वमा निर्माण भएको नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी) ले खोटाङमा आफ्टो पार्टी कार्यलय स्थापना गरेको छ । आज एक कार्यक्रमका बिच दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलबजारको पूरानो वेसक्याममा पार्टी कार्यलय स्थापननासँगै उद्धघाटन गरेको हो ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी, लगायतका पार्टी प्रमुख तथा प्रतिनिधिहरुको उपस्थितीमा प्रदेश समन्वय समिति संयोजक बीरबलकाजी राईले पार्टी कार्यालयको उद्घाटन गर्नुभएको हो । उपस्थित सबैले सफलताको शुभकमना दिएका छन ।

एमालेको २०७२ बैशाख १०–१४ गतेसम्म भएको छैटौ जिल्ला अधिबेशनबाट निर्वाचित ५९ जना जिल्ला कमिटीमध्येबाट २३ जना नेताहरु एमालेबाट एकीकृत समाजवादीमा आएको पार्टी सचिव जलशेर राईले बताउँनु भयो ।

यस्तै जिल्ला अध्यक्ष बबी चाम्लिङको अध्यक्षतामा आज बसेको पार्टीको पहिलो बैठकको निर्णय अनुसार यस अघि जिल्लामा गठीत ६७ जनाको समानन्तर कमिटी एकीकृत समाजवादीमा समाहित भएको चाम्लिङले बताउँनु भयो ।