
खोटाङका ७८ वडामा नेपाली कांग्रेसको वडा अधिबेसन सकिएको छ । ७९ वडा रहेको जिल्लामा ६९ वडामा सर्वसहमत र ९ वडामा चुनावबाट नेतृत्व चयन भएको नेपाली कांग्रेस खोटाङका सचिव ज्ञानेन्द्र जोशीले जानकारी दिनुभयो ।
सचिव जोसीका अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाको अधिबेसन विवादका कारण स्थगीत छ ।
सर्वसहमत नेतृत्व चयन नहुँदा जिल्लाको दिप्रुङ चुईचुम्मा गाउँपालिकाको डाँडागाउँ, याम्खा र बतासे, जन्तेढुंगा गाउँपालिकाको चिसापानी र काहुले, केपिलासगढी गाउँपालिकाको बाक्सिला र सुंदेल, ऐसेलुखर्क गाउँपालिकाको बाकाचोल र हलेसी तुवाचुङ नगरपालिकाको राजापानीमा निर्वाचचनबाट नेतृत्व चयन भएको सचिव जोसीले बताउँनु भयो ।
