Thursday, April 16News That Matters

नेपाली सेनाद्वारा हलेसी गुफाको सरसफाइ

खोटाङको हलेसी तुवाचुङ नगरपालिका ७ महादेवस्थान स्थीत पुर्वको पशुपती नामले चिनिने हलेसी गुफाको सरसफाई भएको छ । गोरखनाथ गण मुडे, व्यारेकका नेपाली सेनाले सुक्रबार हलेसी गुफासँगै बसाहा गुफाको सरसफाइ गरेको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले जानकारी दिनुभयो ।

दुवै गुफामा रुखका जरा बढ्दै गएपछि ढुंगा चोईटिएर जान थालेको थियो । मन्दिर वरीपरीको सरसफाई हरेक दिन गर्ने गरेपनि गुफाको भिक्तामा रहेका ढुंगा र रुखका जराको सरसफाई हुन सकेको थिएन । नेपाली सेनाका टोलीले शुक्रबार डोरीको माध्यमबाट सरसफाई गरेको मेयर राईले बताउँनु भयो ।

गत असारमा हलेसी गुफामा ढुंगा खसेको थियो । तर निशेधाग्यको कारण गुफा बन्द रहेको हुँदा मानवीय क्षेती हुन नपाएपनि गुफाको क्षेती भएको थियो । पुन ढुंगा खसेर मानवीय क्षेती हुने खतरा रहेको भन्दै हलेसी तुवाचुङ नगरपालिका र हलेसी महादेवस्थान मन्दिर व्यवस्थापन समितिको संयुक्त अनुरोधमा प्रमुख जिल्ला अधिकारी मित्रलाल शार्मा र मुडे व्यारेक गणपति प्रमुख सेनानी नरोत्तम पौडेल सहित आएको नेपाली सेनाको टोलीले सरसफाई गरेको मेयर राईले बताउँनु भयो ।