Thursday, April 16News That Matters

सोल्मा वडा कार्यलयमा स्थानीयले ताला लगाए

खोटाङ भदौ २९ गते : खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको वडा कार्यालयमा स्थानीयले ताला लगाएका छन । वडा कार्यलयको भवन अपायक पर्ने ठाउँमा निर्माण गरेको भन्दै स्थानीयले ताला लगाएका हुन ।

जनता समाजवादी पार्टीका जिल्ला सदस्य धनीराम नछुङ, कांग्रेसका वडासभापति पदम पुरी र नेकपा माओवादी केन्द्रका वडा कमिटि अध्यक्ष सप्तमनी राईको अगुवाईमा सोमबार गएका स्थानीयले कर्मचारीलाई वडा कार्यलय बाहिर निकालेर ताला लगाएको बताईएको छ ।

वडा कार्यलय अपायक पर्ने ठाउँमा निर्माण गरेको, एउटा प्लट जग्गा वडाको नाममा देखाएर अन्य दुई ठाउँको जग्गा वडा कार्यलयको नाममा पास गरेको लगाएतका बिषयमा नागरिकलाई सधै ढाँट्ने काम भएको कारण ताला लगाउँन बाध्य भएको जिल्ला सदस्य नछुङले बताउनु भयो ।
सोल्माको होस्माटोल साकेलाथान नजिकै भाडाको घरबाट सञ्चालन हुँदैआएको वडा कार्यालयलाई डाँडागाउँस्थित बसपार्क नजिकै निर्माण गरिएको नयाँ भवनमा सारिएपछि विवाद सुरु भएको हो । गत बैसाख २८ गते वडा कार्यालय सार्नेक्रममा पनि उनीहरुले अवरोध गरेका थिए । वडा कार्यालय सोल्मामा ताला लागेको यो दोश्रो पल्ट हो ।