Thursday, April 16News That Matters

जिल्ला अस्पताल चोकदेखि लफ्याङसम्मको सडक ग्राभेलको काम सुरु


खोटाङ सदरमुकाम दिक्तेलस्थित जिल्ला अस्पताल चोकदेखि लफ्याङसम्मको सडक ग्राभेलको काम सुरु भएको छ । दिक्तेलबाट साप्सुखोला हुँदै खोटेहाङ गाउँपालिका–७, खोटाङ बजारसम्म जाने सडकको प्रारम्भिक स्तरोन्नतिको काम सुरु भएको हो ।

स्तरोन्नतिको शिलान्यास गर्दै जिल्ला समन्वय समिति प्रमुख बबि चाम्लिङ
स्तरोन्नतिको शिलान्यास गर्दै जिल्ला समन्वय समिति प्रमुख बबि चाम्लिङ

 

सडक विभागको ८ करोड लागतमा सडक स्तरोन्नतिको काम थालिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले जनाएको छ । आज (बुधबार) जिल्ला समन्वय समिति प्रमुख बबि चाम्लिङ र नगरप्रमुख दिपनारायण रिजालले संयुक्त रूपमा सडक स्तरोन्नति कार्यको शिलान्यास गर्नुभएको हो ।

१० मिटर चौडाइ र ६ किलोमिटर लम्बाइको सडक आगामी पुस सम्ममा सम्पन्न गर्ने गरी सम्झौता भएको नगरपालिकाले जनाएको छ ।

स्तरोन्नतिको शिलान्यास गर्दै नगरप्रमुख दिपनारायण रिजाल