Saturday, June 13News That Matters

अदृश्य कला केन्द्रकोे “फाटेको रुमाल” युटुवमा सार्वजनिक (भिडियो सहित)


खोटाङ असोज १८ : अदृश्य कला केन्द्रको प्रस्तुतीमा “फाटेको रुमाल” बोलको पुर्वली लोक गीत युटुवमा सार्वजनिक भएको छ । चर्चित रियालिटि सो “द भोईस अफ नेपाल तीन” की फाईनालिष्ट तारा श्रीस मगर र खोटाङका गायक कुबेर राईको आवाज रहेको “फाटेको रुमाल” आज (सोमबार) तुवाचुङ टिभि युटुब च्यानल मार्फत सार्वजनिक भएको हो ।

कुबेर राईको संगित र एकराज दोसाँधको शब्दमा तयार भएको “फाटेको रुमाल” पुर्वेली लोक गीत किङ रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको हो । जसको एरेन्ज राजु कार्कीले गर्नु भएको छ ।

पाँच वटा गीतको सफलता पश्चात छैटौँ कोसेलीको रुपमा “फाटेको रुमाल” लिएर आएको अदृश्य कला केन्द्रले यो गीतले पनि दर्सक स्रोताको मन जित्ने आशा लिएको केन्द्रका महासचिव एवं गीतका रचनाकार एकराज दोसाँधले बताउँनु भयो ।

 

भिडियोको लागि यो लिंकमा क्लीक गर्नुहोस http://https://youtu.be/eLdzaaydNWE