खोटाङ काक्तिक ८ गते : खोटाङमा तास खेलिरहेको अवस्थामा ७१ हजार २० रुपैयाँ नगद सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ दिक्तेल हस्पिटल चोकबाट तास खेलिरहेको अवस्थामा ५ जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय खोटाङले जनाएको छ ।
दिक्तेलको हस्पिटल चोक स्थीत हरी जोशीको घरमा डेरा लिएर बस्दै आएका साकेला गाउँपालिका ५ का २७ बर्षिय हिराधन राईको कोठामा जुवा (तास) खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यलयबाट खटिएको प्रहरी टोलीले आज (सोमबार) राती १ बजे पक्राउ गरेको हो । तास खेलिरहेको ठाउँबाट प्रहरीले ७१ हजार २० रुपैयाँ नगद र ५२ पत्ति तास बरामत गरेको जिल्ला प्रहरी कार्यलय खोटाङका प्रवक्ता एवं प्रहरी निरीक्षक सागर साहले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा राई सहित, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ६ का ३३ बर्षका बसन्त राई, सोहि नगरपालिका ७ का ३८ बर्षका टिकाराम राई, ओखलढुंगाको सिद्धिचरण नगरपालिका घर भई हाल खोटाङको साकेला गाउँपालिका २ मा बस्दै आएका २२ बर्षका सौरब गुरुङ र उदयपुरको कटारी नगरपालिका ११ का २४ बर्षका खोम बहादुर क्राप्छाकी मगर रहेका छन ।
तास खेलिरहेको अवस्थामा कानुन अनुसार पक्राउ गरी उनिहरुलाई जिल्ला प्रहरी कार्यलयको हिरासतमा राखेर थप अनुसन्दान भईरहेको प्रहरी निरीक्षक साहले बताउनु भयो ।
