Sunday, April 19News That Matters

लिच्कीराम्चेमा सम्पन्न भलिबल प्रतियोगिताको उपाधी वाईसीएल नेपाल टेम्मालाई


खोटाङ कार्तिक ९ गते : खोटेहाङ गाउँपालिका ९ लिच्कीराम्चेमा सम्पन्न खुल्ला वडा स्तरीय भलिबल प्रचियोगिताको उपाधी वाईसीएल नेपाल दिप्रुङ चुईचुम्मा गाउँपालिका ७ टेम्माले जितेको छ । लिच्कीराम्चे खेलकुद समितिले दशै तिहार चाडको अवसरमा आयोजना गरेको प्रतियोगिताको उपाधी आज दिप्रुङ चुईचुम्मा गाउँपालिका ३ छोरोम्बुलाई हराउदै वाईसीएल नेपालले जितेको हो ।

१५ समुह सहभागि भलिबल प्रतियोगिता आईतबार नेकपा एमालेका संसदिय दलका प्रमुख सचेतक एवं खोटाङका संघिय सांसद बिशाल भट्टराईले उद्धघाटन गर्नु भएको थियो । उपाधी जितेसँगै वाईसीएल नेपालले रु ५१ हजार नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो हुने दिप्रुङ चुईचुम्मा गाउँपालिका ३ छोरोम्बुले रु ३१ हजार नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

यस्तै, खोटेहाङ गाउँपालिका २ वाप्लुखालाई हराउदै तेस्रो भएको आयोजक लिच्कीराम्चेले रु २१ हजार नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा वाईसीएल नेपाल टेम्माका रोजिन मगर उत्कृष्ट र छोरम्बुका सुमन तामाङ अनुसासित खेलाडि घोषित भएका छन । उनिहरुले मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ ।

यसैबिच, भलिबलसँगै आयोजना गरिएको एकल नृत्य प्रतियोगितामा लिच्कीराम्चेकी आरोहि राई प्रथम, योजना राई दिद्धिय र क्रितिका राई तृतिया भएका छन । उनिहरुले क्रमश रु ५ हजार, ३ हजार र २ हजार नगदको साथमा प्रमाणपत्र प्राप्त गरेको स्थानीय शिक्षक ताराचन्द्र बस्नेतले जानकारी दिनुभयो ।