Friday, April 17News That Matters

एमाले पालिका अधिवेशन : खोटाङका सबै पालिकामा सर्वसम्मत नेतृत्व चयन

कार्तिक १०, खोटाङ । खोटाङका सबै पालिकामा नेकपा एमालेको सर्वसम्मत नेतृत्व चयन भएको छ । दुई नगरपालिका र आठ गाउँपालिकामा मंगलबार सम्पन्न पालिका अधिवेशनबाट एमालेले सहमतिमै नेतृत्व टुंगो लगाएको हो ।

एमाले खोटाङका अनुसार दुई नगरपालिकामध्ये दिक्तेल रुपाकोट मझुवागढी नगर अध्यक्षमा गोपाल आचार्य र सचिवमा चित्रकुमार राई साथै हलेसी तुवाचुङ नगर अध्यक्षमा डिल्ली चाम्लिङ र सचिवमा प्रमोद श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ ।

यस्तै आठ गाउँपालिकामध्ये केपिलासगढीको अध्यक्षमा खगेन्द्र राइ, सचिवमा नारायण राई, ऐँसेलुखर्क गाउँपालिकाको अध्यक्षमा टेकेन्द्र राजभण्डारी, सचिवमा माधव राई, रावाबेँसीको अध्यक्षमा बलराम रिजाल, सचिवमा यज्ञनारायण श्रेष्ठ (राजु) सर्वसम्मत चयन हुनुभएको नेकपा एमाले खोटाङले जनाएको छ ।

यस्तै, दिप्रुङ चुइचुम्मा गाउँपालिकाको गाउँ कमिटिको अध्यक्षमा कृष्ण कार्की, सचिवमा मनोज राई, साकेला गाउँ कमिटिको अध्यक्षमा आश्विनचन्द्र राई (बद्री), सचिवमा शिव वस्नेत, खोटेहाङ अध्यक्षमा विकास राई, सचिवमा अम्बर बस्नेत, जन्तेढुंगाको अध्यक्षमा यमकुमार राई, सचिवमा जगत राई र वराहपोखरीको अध्यक्षमा दीर्घ मगर र सचिवमा निश्चल खड्कालाई सर्वसम्मत चयन गरिएको नेकपा एमाले खोटाङका अध्यक्ष राम दंगालले जानकारी दिनुभयो ।

पालिका अधिवेशनबाट पदाधिकारीसहित ७५ सदस्यीय पालिका कमिटि गठन हुने व्यवस्था अनुसार जिल्लाका ७५० नेताले नयाँ जिम्मेवारी पाएका एमालेले जनाएको छ ।

जिल्लाका ७९ वडामध्ये ६ कात्तिकदेखि ८ कात्तिकसम्ममा ७८ वडामा सर्वसम्मत नेतृत्व चयन भएको भईसकेको छ । हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीको अधिवेशन भने प्रतिनिधि चयन गरेर स्थगित भएको छ ।

पालिका अधिवेशनपछि सो वडाको अधिवेशन टुंग्याइने एमालेले जनाएको छ । ७८ वडा अधिबेसनबाट २ हजार ४१८ वडा स्तरिय नेता तथा कार्यकर्ताले वडामा नयाँ जिम्मेवारी पाएका छन् ।