Saturday, April 18News That Matters

खोटाङमा राति ९ बजेसम्म मात्रै देउसी–भैलो खेल्न पाइने

१७ कात्तिक, खोटाङ । खोटाङमा राति ९ बजेसम्म मात्रै देउसी–भैलो खेल्न पाइने भएको छ । बुधबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले कोरोना संक्रमण जोखिम, शान्ति सुरक्षालगायत कुरालाई ध्यानमा राख्दै राति ९ बजेभन्दा पछि र बिहान ६ बजेसम्म देउसी–भैलो खेल्न नपाइने निर्णय गरेको हो ।

तिहार मनाउँदा सरकारले तोकेका स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न, अत्यधिक भीडभाडजन्य कार्य नगर्न जिल्ला प्रशासन कार्यलय खोटाङले जिल्लाबासीलाई आग्रह गरेको छ । यस्तै आगलागीबाट क्षति हुन सक्ने कुरालाई ख्यालमा राख्दै तिहारको समयमा पटका, आतिसबाजी लगायत प्रज्ज्वलनशील विष्फोटक पदार्थ बिक्री वितरण र प्रयोगमा रोक लगाइएको छ । सार्वजिनिक रूपमा मदिरा सेवन गरी होहल्ला गर्ने, जुवातास खेल्ने कार्य नगर्न पनि जिल्ला प्रशासनले आग्रह गरेको छ ।

तोकिएका नियम विपरीत कसैले कार्य गरे/गराएको पाइए तत्काल पक्राउ गरी कानुनी कारबाही गरिने प्रशासनले सूचना जारी गरेर चेतावनी दिएको छ ।

हेर्नुहोस् प्रशासनले जारी गरेको सूचना :