Saturday, September 12News That Matters

एमालेको दशौ महाधिवेशनका लागी खोटाङबाट १८ जनाले प्रतिनिधित्व गर्ने

खोटाङ कार्तिक २७ : नेपाल कम्युनिष्ट पार्टी एमालेको मंसिर १० गते चितवनमा हुने दशौ महाधिवेशनका लागि खोटाङबाट १८ जनाले प्रतिनिधित्व गर्ने भएका छन । एमालेले आज जिल्लाबाट १४ जना महाधिवेशन प्रतिनिधिको टुंगो लगाएसँगै जिल्ला प्रतिनिधि र केन्द्रबाट गरी १८ जनाले खोटाङको प्रतिनिधित्व गर्न लागेका हुन ।

एमाले खोटाङका पार्टी ईन्चार्ज तथा पार्टीका केन्द्रीय सदस्य एवम् संसदिय दलका प्रमुख सचेतक विशाल भट्टराई, जनसाँस्कृतिक महासंघका केन्द्रीय अध्यक्ष खगेन्द्र राई, केन्द्रीय अनुशासन आयोगका सदस्य कर्ण बहादुर घले र नेपाल खेलकुद महासंघका अध्यक्ष रमेश कुमार पौडेल स्वतः महाधिवेशन प्रतिनिधि भएका एमालेका खोटाङ जिल्ला कमिटि सचिव कुमार प्रसाद आचर्यले जानकारी दिनुभयो ।

यस्तै सचिव आभर्यका अनुसार जिल्लाबाट हरिकुमार पोखरेल, पाँचकर्ण(पीके)राई, उषाकला राई, रामप्रसाद दंगाल, इन्द्रप्रसाद दंगाल, खडेन्द्र साम्पाङ, देवविक्रम राई, कुमार प्रसाद आचार्य, दीपनारायण रिजाल, चर्च बहादुर विश्वकर्मा, चक्रबहादुर(दिलचक्र) राई, विणादेवी राई, गोमा मगर, पुष्पकला भुजेल प्रतिनिधि छनोट हुनु भएको हो ।

केन्द्रीय कमिटीवाट मनोनितका लागि सुरेन्द्र कुमार राई र दिलकुमारी राईलाई सिफारिस गरिएको छ ।

आउँदो मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनमा हुने एमालेको दशौ महाधिवेशनमा १ हजार ५३६ जना प्रतिनिधि सहभागि हुनेछन । महाधिवेशनमा पाँच लाख बढी जनसहभागिता हुने पार्टीको दावी छ ।

.