
खोटाङ कार्तिक २७ : विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अनेरास्ववियु (क्रान्तिकारी) बिद्यार्थी संगठन खोटाङको दोस्रो पुर्ण बैठक सम्पन्न भएको छ । जिल्ला पार्टी सेक्रेटरी जीवन राईको प्रमुख आतिथ्यता, अनेरास्ववियु (क्रान्तिकारी) का केन्द्रिय सदस्य नतासा सुबेदिको बिशेष आतिथ्यता र जिल्ला पार्टी सदस्य सुदिप शर्मा लगाएतका नेता कार्यकर्ताको उपस्थितीमा दोस्रो पुर्ण बैठक सम्पन्न भएको अनेरास्ववियु (क्रान्तिकारी) खोटाङले जनाएको छ ।
बैठकको अध्यक्षता अनेरास्ववियु (क्रान्तिकारी) खोटाङका अध्यक्ष निराजन किरातीले गर्नु भएको थियो । किरातीले भर्खरै खोटाङ, सोलुखुम्बु र भोजपुर गरी तीन जिल्ला इन्चार्जको जिम्मेवारी समेत पाउनु भएको छ ।
हलेसीमा आज सम्मपन्न दोस्रो पुर्ण बैठकले नयाँ बाकि इकाई सम्मेलन चाडै गर्ने, पार्टीको सांगठनिक अभियानहरु सञ्चालन गर्दै लाने, बैचारिक प्रशिक्षण गर्ने निर्णय गरेको अखिल (क्रान्तिकारी) खोटाङका अध्यक्ष किरातीले जानकारी दिनुभयो ।
यस्तै मंसिर ८ गते काठमाण्डौमा हुने पार्टी स्थापना दिवस (क्रान्तिकारी) सहभागी हुने निर्णय पनि बैठकले गरेको अध्यक्ष किरातीले बताउनु भयो । स्थापना दिवस कार्यक्रममा देशभरीबाट करीब १ लाख नेता कार्यकर्ताको उपस्थिीती रहने नेपाल कम्युनिस्ट पार्टीको आकलन छ ।
.
