
मंसिर ०२, खोटाङ । चर्चित पत्रकार तथा गायक रमेश प्रसाईं र जीवन विष्टको शब्द तथा संगीतमा ‘तरुनी खोज्दे भन्न थाले’ बोलको गीत सार्वजनिक भएको छ । कमेडी प्याटर्नका गीतहरू लामो समयदेखि बजारमा नआइरहेको अवस्थामा यो गीतले दर्शक तथा स्रोताको मन जित्ने विश्वास गरिएको छ ।
पत्रकारितामा लामो समयदेखि सक्रिय प्रखरवक्ता प्रसाईंले लेखेको यो पहिलो गीत हो । यसअघि उनी ‘रिंकेबुङको राँगा’ बोलको गीतबाट गायकका रूपमा स्थापित भइसकेका छन् ।
गीतमा पूर्वका चर्चित युवा गायक तुलसी घिमिरेले आवाज दिएका छन् । घिमिरेको स्वरमा यसअघि सार्वजनिक भएका ‘ल्याङ ल्याङ भो’, ‘किस्ताबन्दीमा’, ‘ए मेरी तरुनी’ बोलका गीत निकै चर्चित छन् । पूर्वका सबैजसो कार्यक्रमका स्टेज तताइसकेका युवा गायक घिमिरेको यो गीतसमेत हिट हुने अनुमान गरिएको छ ।
म्युजिक भिडियोको निर्देशन तुलसी घिमिरे र सरोज केसीले गरेका छन् । विराटनगरको बिट्स स्टुडियोमा रेकर्ड गरिएको गीतको एरेन्जर सुरज श्रेष्ठ हुन् ।
इटहरी आर्ट एण्ड फाउण्डेशनको प्रोडक्सन रहेको भिडियोको सम्पादन र कलरको काम इटहरीका चर्चित फोटोग्राफर संयोगजङ्ग विष्टले गरेका छन् भने क्यामेरामा आशिष लुइँटेल, प्रो नेफोलीले सहयोग गरेका छन् ।
हेर्नुहोस् भिडियो :
