
खोटाङ : इलाका प्रहरी कार्यलय हलेसी तुवाचुङले लागु औषध (गाँजा) फडानी कार्यलाई तिव्रता दिएको छ । गाँजा फडानी कार्यलाई तिव्रता दिने क्रममा आज (बिहिबार) हलेसी तुवाचुङ नगरपालिका ७ ऐसेलुखर्क स्थीत खेतबारीमा उम्रिएका गाँजाका बोटहरु फडानी गरिएको कार्यलयले जनाएको छ ।
कार्यालय प्रमुख प्रहरी निरीक्षक प्रमोद कार्कीको कमाण्डमा खटिएको ९ जनाको प्रहरी टोलीले बिहान ११ बजे उक्त गाउँका ३ रोपनी जग्गा क्षेत्रफलमा उम्रीएका करीब ५०० गाँजाका बोटहरु फडानी गरेको हो । फडानी गरिएका गाँजाका बोटहरु सोहि स्थानमा जलाएर नष्ट गरिएको कार्यलयले जनाएको छ ।
सामाजिक अपराधलाई निस्तेज पार्न, लागू औषध गाँजा कारोबार रोकथाम र अपराध नियन्त्रण गर्न गाँजा फडानी कार्यलाई तिव्रता दिएको कार्यालय प्रमुख प्रहरी निरीक्षक कार्कीले बताउनु भयो ।
प्रमुख टोलीको कमाण्डमा खटिएको प्रहरी टोलीले कार्तिक २६ गते पनि हलेसी तुवाचुङ नगरपालिका ५ दुर्छिम राबुमा करीब ५०० गाँजाका बोटहरु नष्ट गरेको थियो ।


