
खोटाङ मंसिर ४ : नेपाली कांग्रेको खोटाङ प्रदेश सभा ‘क’ कार्यसमितिमा राजेन्द्र राईको पुरै प्यानलनै बिजयी भएको छ । हलेसीमा हिजो भएको मतदानको मतगणना आज बिहान ९ बजे सम्पन्न हुँदा राईको प्यानलनै बिजयी भएको हो । ७०३ मत मध्ये ६८२ मत खसेको थियो । जसमा ३० मत बदर भएको छ ।
सभापतिमा राईले ३७२ मत प्राप्त गरेर बिजयी हुँदा उहाँका प्रतिद्वन्द्वी भक्तजङ्ग राईले २८० मत प्राप्त गर्नु भएको छ । यस्तै उपसभापतिा बालकुमार राई ३३८ मत र मित्रलाल पुरीले ३५५ मत प्राप्त गरेर बिजयी हुँदा उद्धव राईले २८० र दिलिपराज गिरिले २२६ मत प्राप्त गरेर पराजित हुनु भएको छ ।
यस्तै सचिवमा राजन भट्टराईले ३७४ र ज्ञानेन्द्र राईले ३४४ मत ल्याएर बिजयी हुँदा सुमन आचर्यले २५८ र राजकुमार राईले २४७ मत प्राप्त गरेर पराजित हुनु भएको छ ।
यस्तै सह–सचिवमा पृथ्वी नारायण आचर्यले ३७० मत र भुपेन्द्र खनालले २७० मत प्राप्त गरेर बिजयी हुँदा मनकुमार तामाङले २३८ र सरोजराज भण्डारीले २५४ मत प्राप्त गरेर पराजित हुनु भएको छ ।
बिजयी राजेन्द्र राईको प्यानल जिल्ला सभापतिका उम्मेद्वार एवं पुर्व पार्टी सभापति बिष्णु कुमार राई निकट रहेको छ भने पराजित भक्तजङ्ग राईको प्यानल जिल्ला सभापतिका उम्मेद्वार एवं पुर्व राज्यमन्त्री सर्वधन राई निकट रहेको छ ।
प्रदेश सभा ‘ख’ मा एक उपसभापति बाहेक अन्यमा दिनेश घिमिरेको प्यानल बिजयी
प्रदेश सभा ‘ख’ को कार्यसमितिमा एक उपसभापति बाहेक दिनेश घिमिरेको समुह बिजयी भएको छ । आज बिहान सम्पन्न मत गणना अनुसार दिनेश घिमिरे ३३१ मतका साथ सभापतिमा बिजयी हुनु भएको हो । यस्तै उहाँका प्रतिद्वन्द्वी चण्डी कुमार राईले २७५ मत प्राप्त गर्नु भएको निर्वाचन अधिकृत सुदिप काफ्लेले जानकारी दिनुभयो । ७०३ मत मध्ये ६३५ मत खसेकोमा २९ मत बदर भएको छ ।
यस्तै उपासभापतिमा घिमिरेको समुहबाट महेन्द्र राईले ३२७ मत र राईको समुहबाट रामचन्द्र केसीले २८८ मत ल्याएर बिजयी हुनु भएको छ । उपसभापतिका अन्य प्रतिद्वन्द्वी रमाहाङ राईले २६७ र हरी बहादुर खड्काले २२८ मत प्राप्त गर्नु भएको छ ।
यस्तै सचिवमा घिमिरेको समुहबाट समराज राईले २८४ र प्रविण राईले ३२४ मत प्राप्त गरेर बिजयी हुनु भएको छ । सचिवका प्रतिद्वन्द्वी राईको समुहबाट बलराम राई २३८ र मोहन कटुवालले २४१ मत प्राप्त गर्नु भएको छ ।
यस्तै सह–सचिवमा घिमिरेको समुहबाट कमल प्रधान २८६ र राजकुमार बस्नेतले ३०२ मत प्राप्त गरेर बिजयी हुनु भएको छ । सह–सचिवका प्रतिद्वन्द्वी राईको समुहबाट शिवकुमार राईले २५१ र शिषिर तामाङले २१२ मत प्राप्त गर्नु भएको छ ।
बिजयी दिनेश घिमिरेको समुह जिल्ला सभापतिका उम्मेद्वार एवं पुर्व पार्टी सभापति बिष्णु कुमार राई निकट रहेको छ भने चण्डी कुमार राईको समुह जिल्ला सभापतिका अर्का उम्मेद्वार एवं दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भुपेन्द्र राई निकट रहेको छ ।
