Saturday, April 18News That Matters

खोटाङ कांग्रेस अधिवेशन : प्रदेश सभा ‘ख’ मा दिनेश घिमिरे बिजयी, ‘क’ मा राजेन्द्र राईको अग्रता

खोटाङ मंसिर ४ : नेपाली कांग्रेस खोटाङ प्रदेश सभा ‘ख’ को कार्यसमितिमा एक उपसभापति बाहेक दिनेश घिमिरेको समुह बिजयी भएको छ । आज बिहान सम्पन्न मत गणना अनुसार दिनेश घिमिरे ३३१ मतका साथ सभापतिमा बिजयी हुनु भएको हो । यस्तै उहाँका प्रतिद्वन्द्वी चण्डी कुमार राईले २७५ मत प्राप्त गर्नु भएको निर्वाचन अधिकृत सुदिप काफ्लेले जानकारी दिनुभयो । ७०३ मत मध्ये ६३५ मत खसेकोमा २९ मत बदर भएको छ ।

यस्तै उपासभापतिमा घिमिरेको समुहबाट महेन्द्र राईले ३२७ मत र राईको समुहबाट रामचन्द्र केसीले २८८ मत ल्याएर बिजयी हुनु भएको छ । उपसभापतिका अन्य प्रतिद्वन्द्वी रमाहाङ राईले २६७ र हरी बहादुर खड्काले २२८ मत प्राप्त गर्नु भएको छ ।

यस्तै सचिवमा घिमिरेको समुहबाट समराज राईले २८४ र प्रविण राईले ३२४ मत प्राप्त गरेर बिजयी हुनु भएको छ । सचिवका प्रतिद्वन्द्वी राईको समुहबाट बलराम राई २३८ र मोहन कटुवालले २४१ मत प्राप्त गर्नु भएको छ ।

यस्तै सह–सचिवमा घिमिरेको समुहबाट कमल प्रधान २८६ र राजकुमार बस्नेतले ३०२ मत प्राप्त गरेर बिजयी हुनु भएको छ । सह–सचिवका प्रतिद्वन्द्वी राईको समुहबाट शिवकुमार राईले २५१ र शिषिर तामाङले २१२ मत प्राप्त गर्नु भएको छ ।

बिजयी दिनेश घिमिरेको समुह जिल्ला सभापतिका उम्मेद्वार बिष्णु कुमार राई निकट हुनुहुन्छ भने पराजित चण्डी कुमार राई जिल्ला सभापतिका अर्का उम्मेद्वार भुपेन्द्र राई निकट रहनु भएको छ ।

यता प्रदेश ‘क’ कार्यसमितिको लागि मत गणना जारी रहेको छ । ६०० मत गणना भईसक्दा सम्म राजेन्द्र राईले ३२४ मत सहित अग्रता लिनु भएको छ । उहाँका प्रतिद्वन्द्वी भक्तजङ राईले २४९ मत प्राप्त गर्नु भएको छ । ७०३ मत मध्ये ६८२ मत खसेकोमा ८२ मत गणना गर्न बाकी रहेको छ ।

राजेन्द्र राई जिल्ला सभापतिका उम्मेद्वार बिष्णु कुमार राई निकट हुनुहुन्छ भने भक्तजङ राई जिल्ला सभापतिका अर्का उम्मेद्वार सर्वधन राई निकट हुनुहुन्छ ।