Thursday, April 16News That Matters

खोटाङमा कांग्रेसको दुवै प्रदेश सभा मतदान सकियो, प्रदेश सभा “ख” को मतगणना सुरु

हलेसीमा मतदान गर्दै कांग्रेसका क्षेत्रिय प्रतिनिधि

खोटाङ मंसिर ३ : नेपाली कांग्रेसको १४ औँ महादिवेशन अन्तरगत खोटाङमा दुवै प्रदेश सभा अधिवेशनका मतदान सकिएको छ । प्रदेश सभा “क” अन्तरगत हलेसीमा भएको मतदानमा ७०३ मत मध्ये ६८२ मत खसेको छ । यस्तै सिमपानीमा भएको प्रदेश सभा “ख” को मतदानमा ७०३ मध्ये ६३५ मत खसेको निर्वाचन अधिकृत सुदिप काफ्लेले जानकारी दिनुभयो । 

प्रदेश सभा ‘ख’ मा बिहान १०ः३० बजे सुरु भएको मतदान सम्पन्न पश्चात मतगणना सुरु भएको छ । यस्तै दिउँसो १ः३० बाट सुरु भएको प्रदेश सभा क को मतदान ६ः३० बजे सकिएको हो । मतगणना केहि समय पश्चात सुरु हुने बताईएको छ ।

प्रदेश ‘ख’ का लागी पुर्व पार्टी सभापती एवं माहासमिति सदस्य बिष्णु कुमार राई टिमबाट दिनेश घिमिरेको नेतृत्वमा र महाधिवेशन प्रतिनिध एमं दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भुपेन्द्र राईको टिमबाट चण्डी कुमार राईको नेतृत्वमा दुई टिम चुनावी मैदानमा उत्रिएका छन ।

यस्तै प्रदेश ‘क’ मा पनि दुई टिम चुनावी मैदानमा उत्रिएका छन । पुर्व पार्टी सभापती एवं माहासमिति सदस्य बिष्णु कुमार राईको टिमबाट राजेन्द्र राईको नेतृत्वमा र पुर्व राज्यमन्त्री सर्वधन राईको टिमबाट भक्तजङ राईको नेतृत्वमा दुई टिम चुनावी मैदानमा उत्रियका छन ।