
खोटाङ मंसिर ३ : नेपाली कांग्रेसको १४ औँ महादिवेशन अन्तरगत खोटाङमा प्रदेश क्षेत्र अधिवेशन सुरु भएको छ । खोटाङ प्रदेश ‘ख’ को अधिवेशन खोटेङ गाउँपालिका ८ सिमपानीमा स्थीत सिमपानी क्यामपसमा बिहान १० बजे बाट मतदान सुरु भएको निर्वाचन अधिकृत सुदिप काफ्लेले जानकारी दिनुभयो ।
अधिकृत काफ्लेका अनुसार दिउँसो ३ बजेसम्म मतदान सकिने छ । मतदान सकिए पश्चात मतगणना गरेर आजै नतिजा सार्वजनिक हुनेछ ।
प्रदेश ‘ख’ का लागी पुर्व पार्टी सभापती एवं माहासमिति सदस्य बिष्णु कुमार राई टिमबाट दिनेश घिमिरेको नेतृत्वमा र महाधिवेशन प्रतिनिध एमं दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भुपेन्द्र राईको टिमबाट चण्डी कुमार राईको नेतृत्वमा दुई टिम चुनावी मैदानमा उत्रिएका छन ।
यस्तै यता, प्रदेश ‘क’ को अधिवेशन हलेसी तुवाचुङ नगरपालिका ७ महादेव स्थान स्थीत महेन्द्रोदय माध्यमिक बिद्यालयमा सुरु भएको छ । यतिबेला उम्मेद्वारी दर्ता गराउने कार्य जारी रहेको छ भने मतदान दिउँसो १२ बजेबाट सुरु हुने बताईएको छ ।
प्रदेश ‘क’ मा पनि दुई टिम चुनावी मैदानमा उत्रिदै छन । पुर्व पार्टी सभापती एवं माहासमिति सदस्य बिष्णु कुमार राईको टिमबाट राजेन्द्र राईको नेतृत्वमा र पुर्व राज्यमन्त्री सर्वधन राईको टिमबाट भक्तजङ राईको नेतृत्वमा दुई चुनावी मैदानमा उत्रिन लागेको बताईएको छ ।
