
खोटाङ मंसिर ४ : नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत खोटाङको प्रदेश सभा ‘क’ मा कैलाश राईले सर्वाधिक मत ल्याएर प्रदेश महाधिवेशन प्रतिनिधिमा बिजयी हुनु भएको छ । जम्मा ६८२ मत खसेकोमा राईले सर्वाधिक ३९३ मत ल्याएर बिजयी हुनु भएको हो ।
शुक्रबार हलेसीमा सम्पन्न प्रदेश सभा ‘क’ को मतदानको नतिजा शनिबार बिहान ९ बजे सार्वजनिक भएको थियो । हलेसी तुवाचुङ नगरपालिका ५ दुर्छिमका युवा नेता एवं ब्यवसायि राईसँगै प्रदेश महाधिवेशन प्रतिनिधिमा अन्य १६ जना प्रतिनिधि निर्वाचित हुनु भएको छ ।
जसमा पृथ्वि बहादुर राउत, सुचन राई, डम्बर कुमारी श्रेष्ठ, यार्मिया राई, दिपक नेपाली, काशीनाथ आचयर्, गोपाल सैजु, सतेन्द्र ठकुरी, प्रमोद राई, सुभाष राई निर्वाचित हुनु भएको छ । यस्तै विराज आचर्य, अन्जना केसी बस्नेत, अनिता गिरी, मञ्जु कार्की बस्नेत, रमेश कुमार गुरुङ र पुरुषोत्तम खनाल बिजयी हुनु भएको छ ।
यस्तै, प्रदेश सभा ‘क’ को कार्यसमितिमा राजेन्द्र राईको पुरै प्यानल बिजयी भएको छ ।
