Thursday, April 16News That Matters

खोटाङका एक व्यक्ति उदयपुरमा मृत फेला

सांकेतिक तस्विर

खोटाङ कार्तिक ५ : खोटाङका एक व्यक्ति उदयपुरमा मृत फेला परेका छन । जिल्लाको दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासे भुल्केका ३३ वर्षीय अस्विन राई हराइरहेको ६ दिन पछि मृत फेला परेका हुन ।

मादक पदार्थ अत्याधिक सेवन गरी केहि समय अगाडि लडेर अनुहार र टाउकोको भित्री भागमा गम्भीर चोटका कारण राईको मानसिक सन्तुलन गुमेको थियो । जिल्ला अस्पताल उदयपुरमा उपचार गराएर घर ल्याउदै गर्दा राती पिसाव फेर्न जाने भन्दै गाडीबाट ओर्लिएका राई उदयपुरको रौतामाई गाउँपालिकाको छाम्लिङ आँपडाँडाबाट गत कार्तिक २९ गतेदेखि सम्पर्क विहिन बनेका थिए ।

सम्पर्क बिहिन बनेका राईलाई आफन्तले लगातार ५ दिन खोजि गर्दा पनि फेला पार्न नसकेर घर फर्किएका थिए । बेपत्ता बनेका राईलाई शनिबार हुरहुरे भन्ने ठाउँमा स्थानीयले घाँस काट्न जादा देखेपछि सोहि ठाउँका जनप्रतिनिधि र मृतकका आफन्त मिलेर शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुर लगिएको दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेका वडाध्यक्ष लोकन्द्र राईले जानकारी दिनुभयो ।

उनको खोजीका लागि आफन्तले जिल्ला प्रहरी कार्यालय उदयपुरमा मंसिर २ गते जाहेरी समेत दिएका थिए ।