
खोटाङ कार्तिक ५ : खोटाङमा मंसिर ६ र ७ गते कोरोना भाईरस बिरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । जिल्लाको दश वटै स्थानीय तहको खोप केन्द्रमा दुई दिन भेरोसेल खोपको दोस्रो मात्रा लगाईने जिल्ला स्वास्थ्य कार्यलय खोटाङले जनाएको छ ।
यस अघि जिल्लामा असोज १५ र १६ गते भेरोसेल खोपको पहिलो मात्रा लगाईएको थियो । पहिलो मात्रा लगाएका जुन सुकै उमेरका व्यक्तिले खोपकार्डको आधारमा दोस्रो मात्रा खोप लगाउन सकिने स्वास्थ्य कार्यलयका प्रमुख पुण्य प्रसाद सिक्देलले जानकारी दिनुभयो ।
जिल्लामा अहिले सम्म ७४ हजार ७ सय ७४ जनाले पहिलो मात्रा र ४० हजार ९ सय ७९ जनाले दोस्रो मात्रा कोरोना बिरुद्धको खोप लगाएको जिल्ला स्वास्थ्य कार्यलय खोटाङको तथ्याङ्कमा उल्लेख छ ।
