
१४ मंसिर, खोटाङ । प्रहरीले हलेसी तुवाचुङ नगरपालिका वडा नं. ३ स्थित पिपलटार, बालुङमारी गाँउको विभिन्न स्थानमा खेतबारीमा उम्रिएका लागुऔषध (गाँजा) नष्ट गरेको छ । सोमबार बिहान ११ बजे प्रहरी सहायक निरीक्षक बमबहादुर कोइरालाको कमाण्डमा खटिएको प्रहरी गस्ती टोलीले ६ रोपनी जग्गामा उम्रिएको १४ सय ३० भन्दा बढी गाँजाका बोट फँडानी गरी नष्ट गरेको हो ।
सामाजिक अपराधलाई निस्तेज पार्न, लागुऔषध गाँजा कारोबार रोकथाम र अपराध नियन्त्रण गर्न गस्तीलाई तीव्रता दिएको प्रहरीले यसअघि पनि जिल्लाका विभिन्न स्थानमा गाँजा नष्ट गरेको थियो ।
