Thursday, April 16News That Matters

अग्निपीडित खड्कालाई गाउँपालिका र वडाबाट राहत प्रदान

राहत हस्तान्त्रण गर्दै गाउँपालिकाका अध्यक्ष लिलानाथ निरौला

प्रेम श्रेष्ठ,

खोटाङ, मङ्सिर २९ । रावाबेसी गाउँपालिका–६ हौँचुर निवासी अग्निपीडित ज्ञानेन्द्र खड्काको परिवारलाई गाउँपालिका र वडा कार्यालयले राहत प्रदान गरेको छ । गत सोमबार साँझ ७ः३० बजे विद्युत सर्ट भएर आगोलागि हुँदा खड्काको घर पुर्ण रुपमा जलेर नष्ट भएको थियो ।

आज रावाबेसी गाउँपालिकाका अध्यक्ष लिलानाथ निरौला र सोहि वडाका वडाध्यक्ष यज्ञनारायण श्रेष्ठले घटना स्थलमै पुगेर राहत प्रदान गर्नुभएको छ । गाउँपालिकाको तर्फबाट १२० केजि चामल, १० लिटर खानेतेल, ५ केजी नुन, ३ केजी दाल र १ थान त्रिपाल प्रदान गरिएको छ ।

यस्तै वडाको तर्फबाट ६० केजी चामल, २ लिटर तेल, आधा केजि जिरा, २ पोका नुन, १ केजि भुजा दालमोट र नुहाउने, कपडा धुने साबुन २\२ वटा प्रदान गरिएको छ । गाउँपालिका अध्यक्ष निरौलाले घर निर्माण गर्दा आवश्यक जस्तापाता पनि उपलब्ध गराउने प्रतिबद्धता जनाउनु भएको छ ।

राहत हस्तान्त्रण गर्दै वडाध्यक्ष यज्ञनारायण श्रेष्ठ

सोमबार  विद्युत सर्ट भएर आगोलागि हुँदा खड्काको ३ तले माटो ढुंगाले बनेको, जस्ताले छाएको घर र घरसँगै नजिकै रहेको गोठ जलेर नष्ट भएको छ ।

आगोलागिबाट ७ तोला सुन, ४ लाख नगद, अन्नपात, लत्ताकपडा, भाडावर्तन, मोबाइल, ल्यापटप लगायत अन्य सामाग्री जलेर नष्ट हुँदा २३ लाख बराबरीको क्षेती भएको जिल्ला प्रहरी कार्यलय खोटाङले जनाएको छ ।

आगोलागिबाट जलेको ज्ञानेन्द्र खड्काको घर