
खोटाङ, मङ्सिर २८ । जिल्लाको रावाबेसी गाउँपालिका–६ हौँचुर स्थित एक घरमा आगोलागि हुँदा लाखौँ बराबरीको क्षेती भएको छ ।
हिजो साँझ साढे ७ बजेको समयमा विद्युत सर्ट भई ज्ञानेन्द्र खड्काको ३ तले माटो ढुंगाले बनेको, जस्ताले छाएको घरमा आगो लागेको हो । घरसँगै नजिकै रहेको गोठमा पनि जलेर नष्ट भएको छ ।
आगोलागिबाट अन्नपात, लत्ताकपडा, भाडावर्तन, ८ तोला सुन, १६ तोला चादी, ६ लाख नगद, मोबाएल ल्यापटप लगायत अन्य सामाग्री जलेर नष्ट भएको छ ।
प्रहरी र स्थानियको सहयोगमा राति १२ बजे आगो नियन्त्रणमा आएको थियो । घर एकान्त बेँसीमा रहेको कारण आगो समयमै नियन्त्रण गर्न कठिन हुँदा धेरै क्षेती भएको स्थानीयले बताएका छन ।
क्षतिबारे यकिन विवरण आउन बाँकी रहेको जिल्ल प्रहरी कार्यलय खोटाङले जनाएको छ ।
